गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले टिमुर खेतीको प्रवर्द्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बाँझो तथा खाली जमिनको सदुपयोग गर्दै जडिबुटी उत्पादन गरी आयआर्जन वृद्धि गर्न टिमुर खेती प्रवर्द्धन गर्ने नीति ल्याएको बताउनुभयो ।
उहाँले रैथाने बालीको बीउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाउने भन्दै गाउँसभाको १५ औं अधिवेशनमा कोदो खेती प्रवर्द्धन गर्दै कृषकहरुको उत्पादनलाई आयआर्जनसँग जोड्ने बताउनुभयो । अगाडि फुलबार पछाडि करेसाबारी बिचमा मौरीघारी कार्यक्रम सञ्चालन गरी करेसाबारी बनाउन र मौरीपालन गर्नमा प्रोत्साहनको कार्यक्रम ल्याइएको अध्यक्ष कुँवरले बताउनुभयो ।
यहाँका सबै वडाहरुको माटो परीक्षण गर्नका लागि शिविर सञ्चालन गरी माटो अनुसार उपयुक्त बाली लगाउन कृषकहरुलाई प्रोत्साहन गरिने भन्दै कृषिको व्यवसायिकरणसंगै कृषि पशुको आधुनिकीकरणका लागि कृषकको उत्पादन र उत्पादकत्व वृद्धि मार्फत गरिबी घटाउने कृषकहरुको आयस्तरमा वृद्धि गर्नुका साथै स्थानीय रैथाने गाई तथा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिने उहाँको भनाइ छ ।
जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरी ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई पोषण तथा औषधीहरु निःशुल्क उपलब्ध गराइनने भन्दै अध्यक्ष कुँवरले ज्येष्ठ नागरिकहरुलाई उच्च रक्तचापको औषधी निःशुल्क उपलब्ध गराइने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । गाउँपालिका भित्र रहेका एचआइभी एड्स तथा क्षयरोगका बिरामीहरुको स्वास्थ्य परीक्षणको लागि आवश्यक व्यवस्था गरी पोषण तथा यातायात खर्चको व्यवस्थापन मिलाउने बताउनुभयो ।
यहाँका सबै स्वास्थ्य संस्थाहरुलाई बालमैत्री, अपाङ्गमैत्री र किशोर किशोरीमैत्री बनाई पुर्ण पोषणमैत्री बनाइने नीति तथा कार्यक्रम ल्याइएको छ । समग्र शिक्षा क्षेत्रमा समस्या समाधान गर्नका लागि शैक्षिक गुणस्तर सुधार समिति निर्माण गरी सो बाट प्राप्त राय सुझावहरुलाई क्रमश कार्यान्वयन गर्ने भन्दै अध्यक्ष कुँवरले गाउँ शिक्षा योजना समेत निर्माण गरी त्यसैअनुरुप कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।
आवासीय सुविधासहित सडक बालबालिका, टुहुरा, असहाय, चरम गरिबीबाट पिल्सिएका बालबालिकाको लागि शिक्षाको ग्यारेन्टी गरिएको छ । विद्यार्थीसंग विज्ञ कार्यक्रम सञ्चालनसंगै विज्ञ शिक्षकहरुबाट नमूना कक्षा शिक्षण हुने भन्दै गाउँपालिकाभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गर्न प्रोत्साहन गरिने उहाँले बताउनुभयो । सबै सामुदायिक विद्यालयहरुलाई आइसिटीसँग जोड्नका लागि सम्पूर्ण विद्यालयहरुमा एक विद्यालय एक ल्यापटप कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको छ ।
विद्यालयहरुको गुणस्तर सुधार गर्नका लागि क्रमश कक्षाहरुलाई स्मार्ट बनाइदै लगिनुका साथै विद्यालय योग कार्यक्रम सञ्चालन तथा अन्य योग सम्बन्धी शिविरहरु सञ्चालन गरी योग कार्यक्रमलाई प्रोत्साहन गरिने भएको छ । खेलकुदको विकास गर्न विभिन्न खेलहरुका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भारका साथै आगामी आर्थिक वर्षमा कम्तिमा एक वटा कभर्ड हल निर्माण गरिने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच