झापा । अहिलेसम्म झापाका दुई पुरानासहित चार पालिकाले बजेट सार्वजनिक गरेका छन् । त्यसरी बजेट ल्याउनेमा झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर र दोश्रो पुरानो नगरपालिका दमक छन् ।
बिर्तामोड नगरपालिकाको बजेट अहिले प्रस्तुत भइरहेको छ ।
कमल गाउँपालिकाले बजेट सार्वजनिक गरिसकेको छ । कमल गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि, कमलको समृद्धि भन्ने नाराका साथ कृषिमैत्री बजेट ल्याएको अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।
भद्रपुर नगरपालिकाले ९९ करोड २ लाख १९ हजार बराबरको बजेट ल्याएको हो । भद्रपुरले गत वर्षको भन्दा १ करोड बढीको बजेट ल्याएको नगर प्रमुख गणेश पोखरेलले बताउनुभयो । नीति तथा कार्यक्रम र बजेट पारित भएको जनाइएको उपप्रमुख राधा कार्कीले बताउनुभयो । गत वर्ष सो नगरपालिकाको बजेट ९८ करोड ३१ लाख ४६ हजार थियो।
दमक नगरपालिकाको १ अर्ब ६२ करोड ७३ लाख ५८ हजारको बजेट नगरसभामा उपप्रमुख रेगिना भट्टराईले प्रस्तुत गर्नुभएको छ । सो बजेट चालू आर्थिक वर्षकोभन्दा ८।७२ प्रतिशतले बढी हो । संघीय सरकारले बजेट कटौती गरेपनि आफूहरूले स्थानीय आवश्यकता र नगरपालिकाको क्षमतालाई सुक्ष्म अध्ययन गरेर बजेट ल्याएको नगर प्रमुख राम थापाले बताउनुभयो ।
बिर्तामोड नगरपालिकाको बजेट उपप्रमुख नगेन्द्र संग्रौलाले प्रस्तुत गर्नुभएकाे छ । बिर्तामोडको बजेट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार बराबर रहेको प्रमुख पवित्रा महतरा प्रसाईंले बताउनुभयो । बिर्तामोडको बजेट दमकभन्दा लगभग २२ करोड कम हो ।
कमल गाउँपालिकाले ७१ करोड ८३ लाख ८४ हजारको बजेट ल्याएको छ । उपाध्यक्ष प्रमिला न्यौपानेले प्रस्तुत गरेको सो बजेट जिल्ला सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको भन्दा करिब २८ करोडले कम हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच