प्रधानमन्त्री अनुपस्थित भएपछि खेद प्रस्ताव पारित गरौं -भीम रावल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गर्नुभएको छ ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले सो प्रस्ताव गर्नुभएको हो ।

‘हिजो लोकतन्त्र खतरामा पर्‍यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त (बैठकमा अनुपस्थित) लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो, ‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गलत कार्यको निरन्तरता भएन र ? उहाँ अनुपस्थित भएर सांसदहरूको अपमान भएको छ, त्यसैले यो खेदजनक छ, बैठकले अब खेद प्रस्ताव पारित गरौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?