काठमाडौं । साताको दोस्रो दिन सेयर बजार ३.२१ अंकले बढेर २०६६.१६ अंकमा पुगेको छ । कारोबार रकमसमेत पाँच अर्ब नाघेको छ । सोमबार तीन सय २२ कम्पनीका एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता सेयर पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा ७० करोड २७ लाखले कारोबार रकम बढेको हो । अघिल्लो कारोबार दिन आइतबार ५.३७ अंकले घट्दै चार अर्ब ३७ करोड ४५ लाख रुपैयाँको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका तीन सय २२ मध्ये एक सय ७८ कम्पनीको मूल्य बढेको छ भने एक सय २३ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको स्थिर रहेको छ । सात समूहगत सूचक बैंकिङ, होटल तथा पर्यटनमूलक, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधनमूलक, निर्जीवन बिमा र व्यापार एक प्रतिशतभन्दा कमले घटेका छन् भने नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सकारात्मक सर्किट लागेको छ ।
मकर जितुमाया सुरी हाइड्रोपावरको ७.२१, शिवश्री हाइड्रोपावर ६.९१ र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य ६.३९ प्रतिशतले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.०१ प्रतिशतले घटेको छ भने कृषि विकास बैंक डिबेञ्चर २०८३ को ३.७६, समाज लघुवित्त ३.२६, अपर हेवाखोला हाइड्रोपावर २.८६ र पाँचथर पावर कम्पनीको २.८४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार भएको मेरो माइक्रोफाइनान्सको २४ करोड ३२ लाख १८ हजार रुपैयाँको तीन लाख ६४ हजार छ सय ९५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट १८ करोड ४१ लाख ५३ हजार, पोखरा फाइनान्स १६ करोड १७ लाख, माउण्टेन इनर्जी १४ करोड ५८ लाख छ हजार र मञ्जुश्री फाइनान्सको १४ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै एक हजार सात सय ६७ पटक सेयर कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच