काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच कृषि प्रवर्द्धनका लागि सम्झौता भएको छ । कृषि प्रवद्र्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण तथा साना किसानमा उद्यमशीलता विकासका लागि सम्झौता गरिएको हो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । ग्राहकको आवश्यक वित्तीय र गैरवित्तीय सेवामा पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ समझदारी गरिएको नबिल बैंकले जनाएको छ ।
नबिलले हरित वित्तपोषण र कृषिसम्बन्धी परियोजना विकास तथा कार्यान्वयनमा समझदारी महत्वपूर्ण हुने जनाएको छ । सम्झौताअनुसार नबिल बैंकले कृषि लगानीका लागि बजार विस्तार तथा क्षमता अभिवृद्धि गर्नेछ । मुक्तिनाथ कृषि कम्पनीले तालिम तथा विकास, सल्लाहकार सेवा, ग्राहक र कर्मचारीलाई खाद्य साक्षरता अभिवृद्धि गर्न सहयोग गर्नेछ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले देशको अर्थतन्त्रमा कृषिको महत्वपूर्ण भूमिका रहेको भन्दै कृषि क्षेत्रको विकासमा बैंक सहयोगी बन्ने बताउनुभयो । बैंकले कृषि लगानीमा लिएको लक्ष्य पूरा गर्न सम्झौताले सहयोग पुग्ने उहाँको भनाइ थियो । वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले कृषि क्षेत्र विकासका लागि कृषिमा क्रान्ति आवश्यक रहेको बताउनुभयो भने मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक ढकालले सम्झौताले साझा परियोजना विकासमा एकअर्कालाई सहयोग गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच