काठमाडौं। जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले औसत शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टा रिकासँग गोलरहित बराबरी खेलेको हो ।
समुह डी अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक एक अंक बाँडेका छन् ।
समुह डी अन्तर्गत आजै सम्पन्न खेलमा कोलोम्बियाले पराग्वेलाई २-१ होल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । कोलोम्बियाको जितमा डानिएल मुनोज र जेफेरसन् लेर्माले एक एक गोल गरेका थिए भने पाराग्वेका लागि जुनिलो एन्सिसोले एक गोल गरेका थिए ।
यो जितपछि कोलोम्बियाले महत्वपूर्ण ३ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने ब्राजिल र कोस्टा रिकाको एक एक अंक रहेको छ ।
अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ भने कोलोम्बियाले सोहि दिन कोस्टा रिकासँग खेल्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच