इच्छाकामना गाउँपालिकाद्वारा दुई कृषक समूहलाई कृषि एम्बुलेन्स प्रदान

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 2 mins

चितवन । चितवनकाे इच्छाकामना गाउँपालिकाले थप दुई वटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पालिकाभित्रका दुई वटा कृषक समूहलाई मंगलबार कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार सिराइचुली कृषि सहकारी संस्था र चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाको लागि दुई वटा कृषि एम्बुलेन्स खरिद गरिएको हो ।

‘किसानसँग २५ प्रतिशत र स्थानीय सरकारको ७५ प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स खरिद गरिएको हो,’ अध्यक्ष गुरूङले भन्नुभयाे ।

वडा नं.१ लाई लक्षित गरी सिराइचुली कृषि सहकारीलाई र वडा नं.७ लाई लक्षित गरी चण्डिभञ्ज्याङ सामाजिक उद्यमीलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको उहाँले बताउनुभयाे । वडा नं.२ को हपनी कृषक समूहले यसअघि नै कृषि एम्बुलेन्स सञ्चालन गरेको छ ।

‘वडा नं.२ मा दिएको कृषि एम्बुलेन्सले गाउँको उत्पादनलाई बजार लैजान र बजारबाट गाउँमा सामान ढुवानी गर्न धेरै सहज भएको छ,’ अध्यक्ष गुरूङले भन्नुभयाे, ‘पहिलो प्रयास सफल भएपछि हामीले किसानलक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेका हौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?