अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो,चाँडो कानूनी दायरामा आउँछ : मन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताउनुभएको हो ।

उहाँले गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भयो । उहाँले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताउनु भयो । उहाँले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो निरंकुश राजतन्त्र थियो । तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानूनको आकर्षण बन्न सक्दैन थियो । कुनै कानून आकर्षित हुन सक्दैन थियो । उनीहरुमाथि कुनैपनि कारबाहीको कुरा हुन सक्दैन थियो । तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ । त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउँछ । यो व्यवस्थामा यो गणतन्त्रमा संविधान भन्दा माथि कानून भन्दा माथि निगरानी भन्दा माथि कोही पनि हुन सक्दैन । गल्ती गर्ने छुट गणतन्त्रमा छैन । यसलाई स्थापित गर्न आवश्यक छ ।’

सञ्चारमाध्यमले सुदृढिकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने बताउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?