झापा । कोशी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाप्रति आक्रामक बन्नु भएको छ ।
सर्बोच्च अदालतको पूर्ण इजलासले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की विरुद्धको रिट खारेज गरेसँगै आङ्वो कोइरालाप्रति आक्रामक बन्नु भएको हो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहनुभएको आङ्वो सामाजिक सञ्जालमार्फत कोइरालामाथि खनिनु भएको हो ।
नेता कोइरालाप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा आङ्वोले लेख्नुभएको छ," रिट खारेज !" यतिमा चित्त नबुझाउनु भएको नेता आङ्वोले डा.शेखर कोइरालाले विराटनगरमा सर्बोच्च अदालतका न्यायाधीशहरुको पुत्ला जलाउने र जुलुस निकाल्न लगाउँछन् कि लगाउँदैनन् आज साँझमा ? प्रश्न गर्नुभएको छ ।
नेता आङ्वोले थप लेख्नुभएको छ," अस्ति प्रदेश प्रमुखलाई त छोड्नु भा थिएन क्यारे ! "
कांग्रेस - माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री हुने दाउमा रहनु भएको आङ्वो अन्तिम समयमा पछि हट्नु परेको थियो । कोइराला पक्षधर नेता केदार कार्की मुख्यमन्त्री बनेपछि आङ्वो पछिहट्न बाध्य हुनु भएको थियो ।
त्यही तुष उहाँले नेता कोइराला माथि निरन्तर पोख्दै आउनु भएको छ । आङ्वोको आजको सामाजिक सञ्जालको अभिव्यक्ति त्यही तुषको पछिल्लो शृङ्खला हो ।
माघ १८ मा भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशी प्रदेशबाट माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुनु भएको थियोे । उहाँ कांग्रेस - माओवादी गठबन्धनबाट उम्मेदवार हुनुहुन्थ्यो । सो निर्वाचनमा कोशी प्रदेशबाट गठबन्धनका अर्का उम्मेदवार कांग्रेस नेता उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको थियो ।
सोही बेलादेखि कांग्रेससँग बिच्कनु भएको नेता आङ्वो अहिले पनि कांग्रेससँग खुसी हुनुहुन्न। आजको अभिव्यक्तिले पनि त्यही संकेत गरेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले आज खारेज गरिदिएको छ ।
योसँगै माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हिक्मतकुमार कार्कीले वैधानिकता पाउनु भएको छ ।
एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच