Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

रुस-युक्रेन युद्धले अर्थतन्त्रमा चुनौतीः गभर्नर अधिकारी

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुसऔयुक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताउनुभएको छ ।

बुधवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस-युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताउनु भएको हो ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा शंकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताउनु भयो । उहाँले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताउनु भयो । गभर्नर अधिकारीले चार्टड एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको बताउनु भयो ।

गभर्नर अधिकारीले भन्नुभयो,‘अहिले विश्व अर्थतन्त्र छुट्टै खालको चापमा रहेको छ । हामी सबैले फेस गरिरहेका छौं । कोभिड र कोभिड पछाडि रुस र युक्रेनको युद्ध त्यसपछि सटेजको अर्थतन्त्रको फलस्वरुपमा मूल्यवृद्धिको पे्रसर यतिबेला ग्लोवल रुपमा भएको छ । यसको चुनौती विश्वभरले भोग्नुपरिरहेको छ । नेपाल त्यसबाट अन्यथा हुन सक्देनौं त्यस कारण यो अहिलेको चुनौती सामना गर्ने शिलशिलामा सबैको भूमिका जरुरी छ । राज्यले आश गर्दछ ।

चार्टर्ड एकाउन्टेन्सहरु मुलुकको महत्वपूर्ण जनशक्ति हो राज्यको लागि, मुलुकको अर्थतन्त्रको लागि यसमा खुसी हुनुपर्छ । सबैले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देशको लागि काम गरिरहेका छौं । चार्टर्ड एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनैपनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टड एकाउण्टेन्ट्स संघ तयार रहने बताउनु भयो । उहाँले चार्टड एकाउण्टेन्ट्सहरु विभिन्न संघसंस्थाहरुको प्रमुख भुमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान गर्नसकिने बताउनु भयो । अध्यक्ष पाण्डेले सरकारी तथा स्थानीय निकायमा समेत चार्टड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्ने बताउनु भयो ।

संघको नयाँ कार्यसमितिमा सर्व सहमतबाट अध्यक्षमा दीपक पाण्डे, उपाध्यक्ष सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?