सिबिफिनमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार, दिगो बैंकिङ–उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार भन्ने नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)को तेस्रो वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । आइतबार सम्पन्न साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिनुभएको हो ।

वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिव राजनसिंह भण्डारी, कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली, सहकोषाध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र उपेन्द्रकेशरी न्यौपाने रहेका छन् । सदस्यमा उपेन्द्रप्रसाद पौडेल, लिलाप्रकाश सिटौला, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल, प्रो. हिरेन्द्र मान प्रधान रहेका छन् । पुनः नवनिर्वाचित अध्यक्ष गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइमा पुर्‍याउँदै मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाका रूपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अभिन्न सहयोगी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?