
ओखलढुंगा । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाले भौतिक पूर्वाधारलाई प्राथमिक्तामा राखेर १६औँ गाउँसभा सम्पन्न गरेको छ ।
असार १० गते सोमबार आर्थीक वर्ष ०८१/०८२ का लागि बजेट बिनियोजन प्रस्ताव गर्दै १४औ गाउँसभा सम्पन्न गरेको हो । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा बिचारी आहालदेखि पालिका केन्द्रसम्म र बाघखोर डाँडादेखि चिउरीडाँडा सम्मको सडकलाई कालो पत्रे गर्ने कार्यलाई निरन्तरता र माहुरडाँडादेखि पालिका केन्द्र सम्म कालोपत्रेका लागि सडक स्तरोन्नति गर्न बजेट बिनियोजन गरिएको छ ।
९ वटा वडा रहेको पालिकामा सबै वडालाई समेटेर पालिका केन्द सम्मको सडकलाई पालिकाको गौरवको आयोजनाको रुपमा राखेर सडक कालोपत्रे गर्न शुरुवात गरेको छ । उक्त सडकलाई कालोपत्रे निरन्तरताको लागि आगामी आर्थीक वर्षको लागि बजेटको ब्यवस्था गरिएको छ । पालिकाको प्रशासकिय भवन निर्माण, सिञ्चाई, खानेपानी, विद्युत विस्तार, लगायतका कामहरु गर्न संघ सरकार र प्रदेश सरकारको समानीकरण १० करोड ४८ लाख ६ हजार बजेट बिनियोजन गरिएको छ ।
शिक्ष, युवा तथा खेलकुद तर्फका कार्यक्रम कार्यान्वयनका लागि शसर्त र निसर्त गरी जम्मा १४ करोड ५८ लाख ७ हजार बजेट बिनियोजन गरिएको वडा नं ८ का वडाअध्यक्ष एवं सामाजिक विकास संयोजक पुरुशोत्तम पौडेल बताउनु भयो ।
वन वातावरण तथा विपद व्यवस्थापनका कार्यक्रमहरु कार्यान्वयनका लागि २० लाख ३७ हजार १ सय ७६ बजेट बिनियोजन गरिएको छ । पालिका भित्र रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गर्न ३५ लाख बिनियोजन गरिएको छ । उद्योग तथा सिप विकास र रोजगारी सिर्जनाका कार्यक्रम कार्यान्वयनका लागि ९७ लाख २२ हजार बजेट विनियोजन गरिएको छ । सार्वजनिक सेवा सञ्चालन तथा सुशासन प्रबद्र्धनका लागि शसर्त र निशर्त गरी ७ करोड २१ लाख ४ हजार ९ सय ९९ बजेटको व्यवस्था गरिएको छ । सभामा कार्यक्षेत्रको छनौट र प्राथमिक्ताका आधारमा बजेट बिनियोजन गरिएको र सोहि आधारमा कार्यक्रम कार्यान्वयन गरिने वडा नं ५ का वडाअध्यक्ष एवं पालिका प्रवक्ता मोहन कार्कीले बताउनु भयो ।
गाउँपालिकाले आगामी वर्षका लागि लिएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३९ करोड २९ लाख ९० हजार १ सय ७५ रुपैयाको बजेट प्रस्तुत गरिएको छ । प्रस्तुत गरिएको बजेट मध्ये चालु तर्फ ७० प्रतिशत र पुँजीगत तर्फ ३० प्रतिशत खर्च हुने पालिका उपप्रमुख अस्मिता थापाले बताउनु भयो । थापाका अनुसार, ‘संघ र प्रदेश सरकारको राजश्व बाँडफाँड, समानीकरण अनुदान, विशेष अनुदान, समपूरक र शसर्त अनुदान र आन्तरिक श्रोत अनुमानलाई बजेट व्यवस्थापनको मुख्य श्रोत मानिएको छ ।’
स्थानिय नागरिकको मागलाई मध्यनजर गर्दै पालिकामा भएको सिमित श्रोतलाई उच्चतम प्रयोग गरी गाउँसभा सम्पन्न गरिएको पालिका प्रमुख अशोक कुमार कार्कीले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच