काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सकिएको छ । ‘आखै रसिलो’ बोलको गीतको छायांकनसँगै चलचित्रको इण्डक्ल्याप गरिएको हो । गीतको भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा छायांकन गरिएको थियो ।
चलचित्रको ‘आखै रसिलो’ गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सविन सुवेदीको स्वर छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गर्नुभएको छ । गीतमा चलचित्रका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालसँगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहलाई फिचर्ड गरिएको छ ।
चलचित्रको केही दिनअघि अमेरिकामा समेत छायांकन गरिएको थियो । यो चलचित्र नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जीलिङ, जयगाउँ पश्चिम बंगाललगायतको ठाउँमा छायांकन गरिएको थियो । चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अष्टिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रीकालगायत देशका कलाकारहरूको अभिनय छ ।
अमेरिकामा रहनुभएका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको चलचित्र यो चलचित्रलाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गर्नुभएको हो । चलचित्रमा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीलगायतको अभिनय छ । चलचित्रकी नायिका आयुषा समाल मेरो डान्स कप युएसए कि फष्र्ट रनरअप हुन् ।
पद्यमा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा मित्र प्रधान (नर)को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको निर्माण पक्षले जनाएको छ । शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोवास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्संदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ ।
मित्र प्रधान (नर)कै कथा तथा निर्देशन रहेको यो चलचित्रमा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच