इसेन्सियल तेलको बिक्री सुरू

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्किन केयर इसेन्सियल प्रालिले विभिन्न प्रकारका इसेन्सियल तेल बिक्री सुरू गरेको छ । कम्पनीले विश्वका विभिन्न देशबाट आयात गरिएको उच्च गुणस्तरको रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेन्स, टि ट्री, लाभेन्डर, आर्गन इसेन्सियल तेल ३० मिलिलिटरको बोतलमा बिक्री सुरू गरेको हो ।

धेरै वर्षदेखि छाला तथा कपालको हेरचाहमा प्रयोग भइरहेको इसेन्सियल तेल प्राकृतिक र अर्गानिक भएकाले छाला तथा कपालको हेरचाहमा यसको प्रयोग बढ्दोक्रममा रहेको कम्पनीको दाबी छ । कस्मेटिक्सको जथाभावी र न्यून गुणस्तरको कस्मेटिक्स प्रयोगले हुन सक्ने सम्भावित जोखिम मध्यनजर गर्दै नयाँ पुस्ताले कस्मेटिक्सको सीमित प्रयोग गर्न एकमात्र विकल्प इसेन्सियल तेल भएकाले यसको प्रयोग सुरक्षित हुने कम्पनीको भनाइ छ ।

सामान्य खत सफा गर्न, चायापोतो सफा गर्न, डण्डिफोरको उपचारमा समेत इसेन्सियल तेलको प्रयोग विश्वव्यापी रूपमा भइरहेको छ । हाल दराज वा कम्पनीमा सिधै अर्डर गरेर खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?