![तामाको भाँडाको पानी पिउँदा पाइन्छ यी चमत्कारीक लाभ](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/tama-ma-rakheko-pani.jpg)
नयाँदिल्ली । भारतको आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमै रहने भएका छन् । तल्लो अदालतले मुख्यमन्त्री केजरीवाललाई दिएको जमानतको फैसला उच्च अदालतले मंगलबार खारेज गरेसँग उनी जलेमै रहने भएका हुन् ।
दिल्ली उच्च अदालतले मदिरा (रक्सी) घोटालासँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई जमानत दिन अस्वीकार गरेको हो ।
‘सराब घोटाला’ प्रकरणमा उच्च अदालतले केजरीवाललाई जमानत दिने तल्लो अदालतको निर्णय खारेज गरेको हो । न्यायाधीश सुधीरकुमार जैनको इजलासले तल्लो अदालतको फैसलामाथि रोक लगाएको हो । मुद्दाको सुनुवाइ सुरु गर्दै अदालतले केजरीवाललाई जमानत दिने क्रममा तल्लो अदालतको बेञ्चले आफ्नो विवेक प्रयोग नगरेको बताएको छ ।
उच्च अदालतले दुवै पक्षको सुनुवाइ गरेको बताएको छ । उसले भनेको छ, ‘तर, तल्लो अदालतले प्रवर्तन निर्देशनालय (इडी) कागजातहरू विचार गरेन । तल्लो अदालतले पिएमएलएको धारा ४५ को दोहोरो आवश्यकताहरूलाई ध्यानमा राखेन ।’
सुरुमा राउज एभिन्यु कोर्टले केजरीवाललाई जमानत दिने फैसला गरेको थियो । प्रवर्तन निर्देशनालय (इडी) ले त्यसविरुद्ध दिल्ली हाइकोर्टमा याचिका दायर गरेको थियो । त्यसपछि हाइकोर्टले जमानत तत्काल नदिएकाले केजरीवाल छुट्न पाएनन् । हाइकोर्टले राउज एभिन्यु अदालतको फैसला कार्यान्वयनमा रोक लगाएको थियो ।
उनलाई सराब घोटाला प्रकरणमा गएको मार्चमा प्रहरीले पक्राउ गरेको थियो । लोकसभा निर्वाचनका क्रममा सर्वोच्चले उनलाई जमानत दिएको थियो । उनी जुन २ पछि फेरि तिहाड जेलमा थुनामा छन् ।
‘हामी उच्च न्यायालयको निर्णयसँग सहमत छैनौँ, सर्वोच्च अदालत जान्छौँ । जमानतको आदेशलाई यसरी रोक्न मिल्दैन, सर्वोच्च अदालतले पनि त्यही भनेको छ,’ आम आदमी पार्टीले प्रतिक्रिया दिँदै भनेको थियो ।
मुख्यमन्त्री केजरीवालले जेलभित्रै बसेर दिल्ली सरकार चलाइरहेका छन् । तर, जेल जानुअघि उनले कार्यकर्ताहरूसँग देश बचाउन जेल जाने बताएका थिए । इडीले नौ पटकसम्म सोधपुछका लागि बोलाउँदा नगएपछि पक्राउ गरेर उनलाई लगिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच