विराटनगरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । कोशी प्रदेशको विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ ।

विराटनगर महानगरपालिका-३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । खाल्डो खनेर प्रेसर कुकर राखिएको छ । घटना स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।

-न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?