नेपाल सुपर लिग २०२३ मा शनिबार दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)–२०२३ को दोस्रो दिन शनिबार आज दुई खेल हुनेछन । जसमा पोखरा थण्डर्स र एफसी चितवनबीच पहिलो खेल हुनेछ । यो खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

पोखराको मार्कीमा युवा विगंर आयुष घलान छन् भने प्रशिक्षकमा नवीन न्यौपाने छन् । यो टिममा युवा खेलाडीहरुका साथै नेपालमा घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन् ।

राष्ट्रिय टिमका खेलिसकेका र अष्ट्रलिया गएका डिफेण्डर दिनेश राजवंशी आइकोनिक प्लेअरको रुपमा फर्केका छन् । उनी पहिलो सिजन धनगढी एफसीबाट खेल्दै एनएसएलको उत्कृष्ट डिफेण्डर घोषित भएका थिए । पोखरामा विदेशी खेलाडीमा क्यामरुनमा गोलकिपर प्रिसोज र फ्रांकलिन कुएटे टाला तथा घानाका जोए आइडु, मोसेस त्वाम र स्टेफेन कोजो अनोर छन् ।

उता राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विशाल श्रेष्ठ चितवनको मार्की प्लेअर छन् । यस टिममा पनि नयाँ र पुराना खेलाडीहरु छन् । अष्ट्रेलिया गएका विमल घर्ती मगर आइकोनिक प्लेअरका रुपमा फर्किएका छन् । यस्तै घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडी पनि छन् । चितवनको विदेशी खेलाडीमा घानाका युसिफ मुबारिक, टोरिक जेब्रिन, रफिक अमिनु र अफ्रियीए अक्वाह छन् । यस्तै मोन्टेनेग्रोका डिफेण्डर मार्को इभानोभिच छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?