तीनकुनेमा प्रसाईं समूहका आन्दोलनकारीमाथि धरपकड (तस्वीरमा हेर्नुहोस्)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका आन्दोलनकारीहरु प्रहरीको धरपकडमा परेका छन् ।

काठमाडौंले जारी विरोध प्रदर्शनलाई उनीहरुले आज तिनकुनेमा गर्ने भएका थिए ।त्यसपछि तीनकुने क्षेत्र नै सुनसान बनेको थियो ।

तर, यसका अभियान्ता दुर्गा प्रसाईको नजर बन्दको खबरले उनीहरुले तिनकुनेमा प्रदर्शन गर्न पाएनन् । छिटफुट रुपमा तीनकुनेमा भेला भएका उनीहरुलाई प्रहरीले समात्दै भ्यानमा हालेर लिएर गयो ।

काठमाडौंमा कार्यक्रम गर्ने भने पनि स्थानीय प्रशासनसँग कुनैपनि अनुमति नलिकन आज तीनकुनेमा कार्यक्रम गर्न खोजेकाले उनीहरुलाई पक्राउ गर्नु परेको सुरक्षा निकायले बताएको छ । त्यहाँ भेला भइ निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पतीमाथि क्षति पुर्याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने जस्ता कार्यक्रमको घोषणा गरेकाले पनि प्रहरीले निगरानी बढाएको बताएको छ ।

अराजक शैलीको कार्यक्रम सार्वजनिक गरेकाले सो कार्यक्रमको सन्दर्भमा तीनकुने क्षेत्रमा अनुमति नलिई कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?