काठमाडौं । अन्तर्राष्ट्रिय मुद्र कोष (आइएमएफ) ले सन् २०२४ मा चीनको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । चिनियाँ वस्तु तथा सेवाको कमजोर बाहृय माग र आन्तरिकरूपमा देखिएको रियल स्टेट संकटका कारण आर्थिक वृद्धिदर गत वर्षको तुलनामा कमजोर रहने आइएमएफले उल्लेख गरेको छ । सन् २०२३ मा चीनले पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो भने सन् २०२२ मा कोरोना संक्रमण फैलिएसँगै कोरोना नियन्त्रणका लागि शून्य कोरोना नीति अपनाएका कारण चीनको अर्थतन्त्र धरासायी अवस्थामा पुगेको थियो । तर, सन् २०२३ मा चीनले शून्य कोरोना नीति हटाएसँगै आन्तरिक मागमा भएको वृद्धि तथा सरकारले उद्योग क्षेत्रलाई दिएको सहुलियतका कारण आर्थिक वृद्धि भएको थियो ।
आइएमएफका अनुसार पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा देखिएको संकट र अमेरिका र युरोपले चीनबाट बिक्री हुने सेमी कन्डक्टर तथा अन्य विद्युतीय सामग्रीमा कडाइ गरेसँगै बाहृय माग घटेको छ भने अर्थतन्त्रमा एक तिहाइ योगदान गरेको रियल स्टेट क्षेत्र धरासायी हुँदा निर्माण क्षेत्र सुस्ताएको छ । जसकारण सन् २०२४ मा चीनको आर्थिक वृद्धि ४.६ प्रतिशतमा खुम्चिने बताइएको छ ।
त्यसैगरी चीनमा वृद्ध जनसंख्या बढ्दै गएको छ । कुल जनसंख्याको २१.१ प्रतिशत जनसंख्या वृद्ध हुँदैछन् । जसकारण सन् २०२८ सम्म चीनको वृद्धिदर खुम्चिँदै जानेछ । सन् २०२५ मा चीनको वृद्धिदर चार, २०२६ मा ३.८, २०२६ मा ३.८, २०२७ मा ३.६ प्रतिशत र सन् २०२८ मा ३.४ प्रतिशत रहने आइएमएफको अनुमान छ ।
रियल स्टेटको समस्या समाधानका लागि समष्टिगत आर्थिक नीतिमा सुधार ल्याउनुपर्ने र स्थानीय सरकारको बढ्दो सार्वजनिक ऋण घटाउनुपर्ने आइएमएफको सुझाव छ । त्यसैगरी चीनमा प्रगतिशील कर सुधार कार्यक्रम र सार्वजनिक वित्तीय व्यवस्था सुधारको आवश्यकताका सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी नीति सुदृढ गरेर अघि बढ्न सुझाव दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच