![‘असार १५ दही चिउरा खाने दिन र धान दिवस’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Prahrilad-Dahal-President-Nepal-Dairy-Association-Hita-Article.jpg)
काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको हो ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीविरुद्ध १–० को संघर्षपूर्ण जित निकालेको हो । अर्जेन्टिनाका लागि ८८ औँ मिनेटमा लाउटारो मार्टिनेजले सेन्टरबाट आएको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए । सोही गोल नै अर्जेन्टिनाको जितमा निर्णयक सावित भयो ।
यही समूहमा रहेको क्यानडाले पेरुलाई पनि १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै पहिलो ३ अङ्क जोडेको क्यानडा ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा जित निकालेपछि क्वार्टरफाइनलको सम्भावना यद्यपि कायमै राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच