![जनप्रतिनिधिद्वारा बैठक भत्ता दिएर विद्यालयलाई सहयोग](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/naralparasi.jpg)
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ट्रक पार्किङस्थल संरचना निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको छ । कोशीले मोरङको विराटनगरमा आगामी आर्थिक वर्षका लागि ट्रक पार्किङस्थल संरचना निर्माण गर्नका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको हो ।
विराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले आवश्यक बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो । सोही आग्रहअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पार्किङस्थल संरचना निर्माणका लागि बजेट विनियोजन भएको हो ।
लाभ साझेदारीमा पार्किङस्थल बनेसँगै पार्किङबापत प्रतिट्रक एक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति विराटनगरका पूर्वअध्यक्ष मेघराज सिग्देलले बताउनुभयो । त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई र ६० रुपैयाँले पार्किङस्थल व्यवस्थापन गरिने उहाँको भनाइ छ । पार्किङस्थल बुढीगंगा गाउँपालिकामा बन्ने भएको छ ।
पूर्वअध्यक्ष सिग्देलले ट्रक पार्किङमा समस्या भइरहेको अवस्थामा यसरी प्रदेशले बजेट विनियोजन गरेर पार्किङस्थल निर्माण गरिदिनु स्वागतयोग्य भएको भन्दै अन्य प्रदेशले पनि ट्रक पार्किङस्थल निर्माणका लागि बजेट छट्याउनुपर्नेमा जोड दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच