काठमाडौं । मदन भण्डारी फाउण्डेसनले यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजंगा चिया बगान तथा अनुसन्धान केन्द्र पाँचथरलाई प्रदान गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले असार १४ गते मदन भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रमका बीच उक्त अनुसन्धान केन्द्रलाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिने जानकारी दिनुभयो ।
२०५६ सालमा स्थापित फाउण्डेसनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको पनि उहाँले बताउनुभयो । २०४१ सालदेखि चियाखेती गर्दै आएको कञ्चनजंगा चिया बगान तथा अनुसन्धान केन्द्रले हाल ९५ हजार हेक्टरमा छ लाखभन्दा बढी चियाका बिरुवा रहेको जनाइएको छ ।
केन्द्रले आयुर्वेदिक र जैविक खेती प्रविधिमार्फत् १० प्रकारका चिया र १३ प्रकारका जडीबुटी उत्पादन गरिरहेको छ भने वार्षिक रूपमा सय टन चिया उत्पादन निर्यातसमेत गरी चार करोड रुपैयाँभन्दा बढी कारोबार गर्दै आएको जनाएको छ । साथै एक सय ५० जनाभन्दा बढी किसानलाई प्रत्यक्ष रोजगारी र चार सयलाई अप्रत्यक्ष रूपमा रोजगारी पनि दिएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच