अब ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा

Read Time = 1 min

काठमाडौं । डोल्पाको दुनैमा नयाँ शाखासँगै ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा पुगेर ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका-३, दुनै बजारमा दुई सय ८९औँ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकले ७७ जिल्लामा दुई सय ८९ शाखा, दुई सय ६२ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?