पृथ्वीनारायण शाहले नेपाल निर्माण गर्दा सम्पूर्ण नेपालीलाई एकसूत्रमा उन्ने काममा नेपालमा बसोवास गर्दै आएका सबै जातजातिहरूको सहभागिता रहेको थियो । आ-आफूसँग भएको बुद्धि, बल र विवेकको उपयोग गरी एकीकरण पक्षधर सबै धर्मावलम्बीहरूले पृथ्वीनारायणलाई साथ दिएका थिए । गोर्खा राज्यले छिमेकी राज्यहरूमाथि आक्रमणको अभियान सुरु गर्दा नेपाल एकीकरणको लक्ष्य थियो कि थिएन भन्ने त्यतिबेलैका योजनाकारहरूले जान्ने कुरा भयो तर आज हामी त्यही गोर्खा राज्यको विस्तार अभियानका कारण नेपाल र नेपालीको परिचय बोकेर विश्वसामु उपस्थित हुन पाएका छौं । इतिहासमा कसैको अधीनस्थ नभएको एउटा सार्वभौम मुलुक नेपालको नागरिक भएर बाँच्न पाएका छौं ।
नेपाल निर्माण गर्ने क्रममा गुरु गोरखनाथको आशीर्वाद रहेको थियो । कालु पाँडे जस्ता हिम्मतिला र साहसिला क्षेत्रीहरूले पृथ्वीनारायणको विजय यात्रालाई सफल बनाएका थिए । अनेक ब्राहृमणहरूको सल्लाह र साथ उनले लिएका थिए । नेपाल निर्माणमा आजभोलि कथित दलित भनिने बिसे नगर्चीहरूको उत्तिकै भूमिका रहेको थियो । रणमैदानमा रगतको खोलो बगाउने जनजाती वर्गहरूको योगदानको त चर्चा गर्नै पर्दैन । सारांशमा भन्नुपर्दा नेपाल कुनै एकजातको पसिनाबाट मात्रै बनेको पनि होइन र यो मुलुक कुनै एक जातिको विशेष अधिकार रहेको राज्य पनि होइन । यो चार वर्ण छत्तीस जातको फूलबारी हो भनेर उतिबेलै पृथ्वीनारायणले भनेका थिए । अहिले पनि त्यस्तै सबैको बराबरी अधिकार रहेको मुलुक नेपाल हो ।
विशेषतः अहिलेको अवस्था भनेको नेपालमा परम्परागत रूपमा बस्दै आएका नागरिकहरूका बीचमा झगडा गर्ने अवस्था होइन र छैन । यहाँका नागरिकका पितापुर्खाहरूले मान्दै आएका धर्मका बीचमा द्वेष राखेर तँ ठूलो र म ठूलो भनी तँछाड मछाड गर्ने बेला पनि यो होइन ।
ठिक त्यसैगरी कुनै एक धर्मावलम्बीले गर्व गर्ने देश पनि नेपाल होइन । यो न हिन्दु मात्रैको मुलुक हो न बौद्धमार्गीहरूको मात्रै । न किरातहरूले मेरो मात्रै भन्न मिल्छ न जैनहरूले नै । सबै जातजाति र धर्मावलम्बीहरूको बसोवासले रंगीचंगी सुन्दर बगैँचा जस्तै मनोरम बनाएको मुलुक नेपाल हो । एक आपसमा मिलेर बसेका सबै तह र वर्गका नागरिकहरूको सहनशील समाजहरूको समग्र एकाइ नेपाल देश हो । विगत केही दशकअघिसम्म नेपालको आन्तरिक शान्तिपूर्ण अवस्था विश्वमा नै उदाहरणीय थियो र अनुकरणीय पनि मान्ने गरिन्थ्यो । नेपालीहरूका बीचको भ्रातृत्वपूर्ण सम्बन्धलाई लिएर चर्चा परिचर्चा हुने गर्दथे ।
ब्राम्हण वर्ग र जनजातिका बीचमा कुनै वैमनश्य थिएन । क्षेत्रीहरू र कथित दलित भनेर दुई जातिका बीचमा कुनै द्वेष थिएन । नेपालमा बसोवास गर्दै आएका सबै जातजातिहरूका बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको थियो । बाहुन क्षेत्रीहरू हिन्दू वा सनातनी, जनजातिहरू बौद्ध धर्मावलम्बी जस्ता नचाहिँदा विभेदहरू अगाडि तेस्र्याएर कुनै जातका विरुद्धमा कुनै अर्को जातलाई भड्काउने खेलहरू पनि हुने गरेका थिएनन् । धर्मका नाममा एक धर्मले अर्को धर्मका अनुयायीहरूलाई होच्याउने प्रवृत्ति पनि विगतमा देखिएका थिएनन् । पछिल्लो समयमा विभिन्न खाले मिसनहरू नेपाल भित्रिएपछि भने यदाकदा नमिठा अवस्थाहरू पनि देखा पर्न थालेका छन् ।
विशेषतः अहिलेको अवस्था भनेको नेपालमा परम्परागत रूपमा बस्दै आएका नागरिकहरूका बीचमा झगडा गर्ने अवस्था होइन र छैन । यहाँका नागरिकका पितापुर्खाहरूले मान्दै आएका धर्मका बीचमा द्वेष राखेर तँ ठूलो र म ठूलो भनी तँछाड मछाड गर्ने बेला पनि यो होइन । चाहे हिन्दु भनियोस् या बौद्ध वा किराँत भनियोस् वा प्रकृति सबै नेपालीहरूकै धर्म हुन् । सनातनदेखि चल्दै आएका जुन धर्म फष्टाए पनि नेपाल फष्टाउँछ । हाम्रा पहिचान बोकेका धर्महरूको रक्षा भएमा मात्रै नेपालको पहिचान कायम रहन सक्दछ र हामी नेपालीहरूले पनि शिर ठड्याउन पाइरहिन्छ । एक आपसमा जुधेर एकले अर्कोलाई आरोप लगाउँदै उत्रिने हो भने नेपाल र नेपालीको पहिचान मेटिन कत्ति बेर लाग्दैन भन्ने कुरामा विचार पुर्याउन अति जरुरी देखिएको छ ।
नेपालमा भने कुनै जोगीले राम नै सबै हुन्, श्रीकृष्ण केही होइनन् वा त्यस्तै-त्यस्तै भनाइहरू विभिन्न भगवानका नाममा प्रचार गर्नाले खोजेको परिणामभन्दा उल्टो हात लाग्ने गरेको छ । धर्म गुरुहरूले धर्मलाई चरित्रनिर्माणको साधन बनाउनुभन्दा पनि आफ्नो गरिखाने बाटो बनाउनाले विपरीत फल मिल्दै गएको छ ।
केही दशकअघिसम्म नेपालमा सनातन धर्मावलम्बीहरूको संख्या लगभग शत् प्रतिशत थियो । हिन्दु, बौद्ध, किरात आदि सबै धर्महरूलाई सनातन मान्दा नेपालमा अन्य धर्मावलम्बीहरूको संख्या उल्लेख गरिरहनुपर्ने खालको थिएन । जब नेपालका सनातनीहरूका बीचमा विभेद देखाएर राजनीति तथा स्वार्थप्रेरित कार्यहरू हुनथाले त्यसपछि सनातनीहरूको संख्या घट्दै गएको छ भने आयातीतहरू बढ्दै गएका छन् । ससाना लोभहरूमा फसेका सनातन धर्मावलम्बीहरूका कारण आफ्नो पहिचान नेपालीहरूले आफै मेटाउँदै गएका छन् । विसं २०६८ मा ८१.३४ प्रतिशतको संख्यामा रहेका हिन्दू विसं २०७८ मा आइपुग्दा ८१.१९ प्रतिशतमा झरेका छन् । बौद्ध धर्मावलम्बीहरू यही अवधिमा ९.०४ प्रतिशतबाट ८.२१ प्रतिशतको संख्यामा सीमित हुन पुगेका छन् भने पहिचानको लहर चलेका कारण हो या अन्य कुनै कारणले हो किराँतहरूको संख्या भने ३.०५ प्रतिशतबाट बढेर ३.१७ प्रतिशतमा पुगेको देखिन्छ ।
उता क्रिश्चियन धर्मावलम्बीहरू र इस्लाम धर्मावलम्बीहरू भने बढ्दै गएका छन् । क्रिश्चियन धर्म हामी नेपालीको आफ्नो धर्म होइन र यो आयातीत धर्म हो भन्न कुनै संकोच मान्नुपर्दैन । यो धर्मको प्रचार गर्न विभिन्न संघसंस्था स्थापित भएका छन् र यसको कुनै निश्चित उद्देश्य छ भन्न पनि हिच्किचाउनु पर्ला जस्तो लाग्दैन । स्वार्थ र लोभमा फसेर आफ्नो धर्म परिवर्तन गरी केही अगुवाहरू यसको प्रचारमा कस्सिएको पनि खुलस्त नै छ । मिसनरीहरू व्यापक रूपमा सक्रिय रहेका छन् । एउटै टोलमा एकभन्दा बढी चर्चहरू खुलेका छन् । अहिले नेपालमा १.७६ प्रतिशतको संख्यामा क्रिश्चियन धर्मावलम्बीहरू रहेको तथ्यांकले देखाउँदछ जबकि विसं २०६८ मा १.४२ प्रतिशत थिए ।
नेपालीहरू भने राज्यको धर्म हुँदैन र हुन्छ भन्ने विवादमा रुमल्लिएका छन् । हिन्दुहरूले देश खाए भनेर आरोप लगाउने र प्रतिकार गर्नेहरूका बीचका द्वन्द्वमा देश फष्दै गएको छ । भाइ फुटे गँवार लुटे भन्ने उखान सार्थक बन्दै गएको छ । जोगाउन पर्ने र जोगिन पर्ने कुराहरू एकातिर छन् तर त्यसको बेवास्ता गर्दै संरक्षण सम्बद्र्धन गर्नुपर्ने कुराहरूको विनाशमा नेपालीहरू स्वयं सक्रिय हुन थालेको अनुभूति हुँदै गएको छ । बगैँचामा गुलाफ पनि जोगाउनुपर्ने र सयपत्री पनि फुलाउनुपर्नेमा एकले गुलाफ उखेल्ने र अर्कोले सयपत्री चुँड्दै जाँदा बगैँचालाई उत्तिसको घारीले धपक्कै ढाकेको नेपालीहरूले पत्तै पाउन नसके जस्तै देखिएको छ ।
यही चिन्ता बोकेर सनातन धर्म संरक्षणमा सक्रिय भएकाहरूले पनि गलत बाटो समात्दा मल भनेर हालेको विष परेजस्तै भएको छ । कोही विष्णु ठूला, कोही शिव महान् त कोही ब्रहृमा नै सर्वोपरी भन्दै दावा गर्न व्यस्त छन् । कसैले देवी नै हाम्री परमेश्वरी हुन्, अरू कोही केही होइनन् भन्दै हिँड्छन् । शैव र वैष्णव सम्प्रदायका नाममा अनावश्यक भेद गरी एकले अर्कोलाई होच्याउने धार्मिक सम्प्रदायमा संलग्नहरूकै कारण र प्रवृत्तिले असन्तोषको वातावरण मौलाएको छ । वैष्णव सम्प्रदाय पनि अनेक वर्गमा बाँडिएको छ । जो सबै मिलेर बस्नुपर्ने तिनैले एकले अर्कोलाई अछूत सरह व्यवहार गर्ने गर्दछन् भने सनातनीहरूको भविष्य के होला कसैले भन्न सक्दैन ।
निजामती प्रशासनमा जान चाहनेले लोक सेवा आयोगले निर्धारण गरेका पाठ्यक्रमहरूको तयारी गर्ने गर्दछन् । सेना, प्रहरी आदिमा जागिर खोज्नेले तत्सम्बन्धी ज्ञानका साथै शारीरिक सुगठनमा पनि ध्यान दिएका हुन्छन् । विश्वविद्यालयमा प्राध्यापन गर्न चाहनेले आफूले पढेको विषयमा पारंगत हुने प्रयास गरेका हुन्छन् । त्यस्तै शक्तिको आराधना गर्नेहरूले देवीलाई पुज्दछन् । आफूले जे जस्तो आशीर्वाद या परिणाम खोजेको हो त्यही बमोजिम शिव, विष्णु, ब्रहृमा, श्रीकृष्ण वा रामहरूको पूजन गर्ने हो । नेपालमा भने कुनै जोगीले राम नै सबै हुन्, श्रीकृष्ण केही होइनन् वा त्यस्तै त्यस्तै भनाइहरू विभिन्न भगवानका नाममा प्रचार गर्नाले खोजेको परिणामभन्दा उल्टो हात लाग्ने गरेको छ । धर्म गुरुहरूले धर्मलाई चरित्रनिर्माणको साधन बनाउनुभन्दा पनि आफ्नो गरिखाने बाटो बनाउनाले विपरीत फल मिल्दै गएको छ ।
यसै गर्दै जाने हो भने अघिल्लो रात सुत्दा हाम्रा हातमा लालपुर्जा थियो, गोराहरूका हातमा बाइबल, भोलिपल्ट बिहान उठ्दा हाम्रा हातमा बाइबल थियो भने गोराहरूका हातमा लालपूर्जा अफ्रिकामा भनिए झैँ नेपालमा नहुन कत्ति बेर लाग्दैन । यदुवंशीहरूले झैँ दाजुभाइका बीचमा काटामार गरी वंशै सखाप पार्ने बाटो कदापि रोज्न हुँदैन । नेपालमा शदीयौंदेखि जो जो बस्दै आए र तिनले अनुसरण गर्दै आएका सबै धर्महरू सनातन धर्म हुन् । सबैका आराध्यहरू सम्माननीय छन् भन्ने मान्यताका साथ अघि बढ्न अत्यन्त जरुरी देखिएको छ ।
“कोही विष्णु ठूला, कोही शिव महान् त कोही ब्रहृमा नै सर्वोपरी भन्दै दावा गर्न व्यस्त छन् । कसैले देवी नै हाम्री परमेश्वरी हुन्, अरू कोही केही होइनन् भन्दै हिँड्छन् । शैव र वैष्णव सम्प्रदायका नाममा अनावश्यक भेद गरी एकले अर्कोलाई होच्याउने धार्मिक सम्प्रदायमा संलग्नहरूकै कारण र प्रवृत्तिले असन्तोषको वातावरण मौलाएको छ । वैष्णव सम्प्रदाय पनि अनेक वर्गमा बाँडिएको छ । जो सबै मिलेर बस्नुपर्ने तिनैले एकले अर्कोलाई अछूत सरह व्यवहार गर्ने गर्दछन् भने सनातनीहरूको भविष्य के होला कसैले भन्न सक्दैन ।” आहा लेख्नै पर्ने विषय लेख्नुभएछ । हार्दिक धन्यवाद सर ।
हार्दिक धन्यवाद