![‘भरत ताल’ मा भ्रष्टाचार](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Corruption-in-Bharat-tal-Hita-fornt-page.jpg)
भोजपुर । सरकारले हरेक प्रकारका सेवाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने नीति लिई रहँदा पहाडी जिल्ला भोजपुरमा भने बनेको परिचय पत्र लिन आउनेको संख्या न्युन छ । एक लाख बढीले हालसम्म राष्ट्रिय परिचय पत्रका लागि फोटोसहितको बिवरण संकलन गराई सकेका छन ।
भोजपुरमा २०७७ साल श्रावण १७ गतेबाट पहिलो पटक राष्ट्रिय परिचय पत्रका लागि बिवरण संकलन कार्य सुरु गरिएको थियो । सो अनुरुप वडा तहमा संचालन गरिएको बिवरण संकलन अभियानमा ७१ हजार एक सय ९३ जनाको बिवरण संकलन भएको थियो । जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचय पत्र पञ्जिकरण शाखाका अपरेटर किरण नेपालीले अभियान बाहेक कार्यालयमा आएर ३० हजार एक सय चार जनाले बिवरण संकलन गराएको बताउनुभयो । कार्यालय र अभियानमा गरी हालसम्म भोजपुरमा एक लाख एक हजार दुई सय ९७ जनाको राष्ट्रिय परिचय पत्रका लागि बिवरण संकलन भएको पञ्जिकरण शाखाका अपरेटर नेपालीले जानकारी दिनुभयो ।
संकलन भएका मध्ये हालसम्म जिल्ला प्रशासन कार्यालयमा ११ हजार सात सय ७१ थान राष्ट्रिय परिचय पत्र छपाई भएर आएको छ । जसमा अहिलेसम्म छ सय २५ जनाले मात्र परिचय पत्र बुझेर लगेका छन । बनेको कार्ड लिनका लागि नागरिकहरु नआउँदा अन्य परिचय पत्र बितरण हुन नसकेको हो ।
भोजपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले २०८० साल आश्विन २ गते भोजपुर नगरपालिका वडा नम्वर १०, जिमिगाउँका समाजसेवी बलिमान राईलाई बनेर आएको परिचय पत्र बितरण गर्नु भएको थियो ।
बनेर आएको परिचय पत्र नागरिकहरुलाई क्रमिकरुपमा बितरण गरिने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । बिवरण संकलन भएको लामो समयसम्म पनि भोजपुरमा कार्ड बनेर आएको छैन । हस्त लिखित हस्ताक्षर, १० औँलाको औँठा छाप, आँखाको रेटिना लगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधिकारीकरुपमा संकलन गरी नागरिकलाई एक अर्कासँग मेल नखाने गरी परिचय पत्रको नम्बर प्रदान गरिने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाण पत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा बसाईसराइको प्रमाणपत्र चाहिने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच