रियल म्याड्रिडको फराकिलो जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीको जितमा कप्तान करिम बेन्जेमालले दुई तथा मार्को एसेन्सियो र लुका मोड्रिचले समान एक गोल गरे ।

खेलको आठौं मिनेटमा नै एसेन्सियोको गोलबाट रियलले खेलमा १–० को अग्रता लिएको थियो । ३१औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे, उनले पेनाल्टी गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाले पुन पेनाल्टीमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

त्यसपछि परिवर्तित मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ६८औं मिनेटमा ड्यानियल सेवालोसको स्थानमा मैदान छिरेका मोड्रिचले पेनाल्टी बक्सभित्रबाट सुन्दर फिनिस गरे ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २१ खेलबाट ४८ अंक पुगेको छ भने पराजित इल्चे ९ अंक जोडेर पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?