काठमाडौं । नेपालमा सवारी र डेलिभरी सेवा प्रदान गर्दै आएको इनड्राइभले कुरियर सेवा पनि सुरु गरेको छ । इनड्राइभ (एपिएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कम्पनीका सेवा अझ राम्रो बनाउन र नेपाली जनताको आवश्यकताअनुसार थप सुविधा ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो ।
सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा दुई सय प्रतिशत सेवाग्राही वृद्धि भएको र सन् २०२४ को पहिलो छ महिनामा इनड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि भएको रेकर्ड गरेको उहाँको दाबी छ ।
नतालियाले भन्नुभयो, ‘हाम्रो वृद्धि मेट्रिक्सले हाम्रा प्रयोगकर्ता र चालकले हामीमाथि राखेको विश्वास प्रतिबिम्बित गर्छ । हामी हाम्रा सेवा वृद्धि गर्न, सुरक्षा सुनिश्चित गर्न र सेवा गर्ने समुदायमा सकारात्मक योगदान दिन समर्पित छौँ ।
हामी नेपालमा इनड्राइभ डेलिभरी सुरुवातको घोषणा गर्न पाउँदा उत्साहित छौँ । सेवाले बुकिङका दिनमा २० केजी वा सोभन्दा कम तौलका पार्सलको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ । इनड्राइभ डेलिभरीमार्फत् हामी नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौती समाधान गर्ने आशा राख्छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच