नवनियुक्त प्रधानमन्त्रीद्वारा पदभार ग्रहण (तस्वीरसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि संहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि उहाँ आईतवार प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुग्नुभएका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?