काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु हिृवलर प्रायोजकका रूपमा टिभिएस एन्टर्क भित्रिएको छ । यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुला भइसकेको छ भने ग्राण्ड फिनाले भदौ दोस्रो साता हुँदैछ ।
मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो र नेपालमा २०२० देखि सुरु भएको हो । यस वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ ।
प्रतिस्पर्धीलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवं पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेजलगायत अनुभवी व्यक्तित्व नेपाल आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
पछिल्ला दुर्ई वर्षजस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन भने समलैंगिक महिलाले समेत सहभागिता जनाउन पाउनेछन् । देशबाहिर रहेका अन्य नेपाली युवतीले आवेदन दिन सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच