
जनकपुरधाम । मेला भन्नाले उत्सवरुपी विशेष बजार बुझिन्छ जहाँ किनमेल र पैसा खर्चको सम्भावना हुन्छ, तर धनुषाको बटेश्वरमा निःशुल्क रुपमा जति चाहे आँप खान सकिने मधेश प्रदेशकै पहिलो आँप मेला लागेको छ, जहाँ मधेशलाई चिनाउने आँपको हरेक प्रजातिको बारेमा अवलोकनकर्तालाई चिनाइन्छ ।
मधेशको राजधानी धनुषाको बटेश्वर गाँउपालिका वडा नं. १ चित्रपुरस्थित यो फुलवारीमा आँप मेला लागेको छ । अहिलेविद्यार्थीहरुको भिड मेला अवलोकनका लागि आइरहेका छन् । मधेशको पहिलो आँप मेला भनिएको यस मेलामा आँप किन्ने होइन बरु आँपको हरेक प्रजातिका विषयमा बुझ्ने र मनलागे जति निःशुल्क आँप खाएर घर फर्किन मिल्ने व्यवस्था गरिएको छ । मेलाले फलको राजा आँप र आँपमा पनि राजा माल्दह प्रजाति सहितका विभिन्न प्रजातिको ज्ञानले स्थानिय उत्पादन प्रति नयाँ पिढीको आकर्षण बढाउन मेला फलदायी सावित हुने बिश्वास मेला अवलोकनकर्ता वरिष्ठ पत्रकार गोपालप्रसाद बरालको छ ।
यस क्षेत्रमा हरेक व्यक्ति र परिवारको बारीमा आँप फल्छ । चाहे करेसाबारी होस् कि बिघौँ विघाह जग्गामा हरेक परिवारले आँप आफ्नै बोटमा उत्पादन गर्ने यी क्षेत्र आँपका लागि चर्चित छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत आँप पकेट जोन घोषणा गरिएपनि यस क्षेत्रमा राम्रो उत्पादन हुने आँपको बजारीकरण अभाव, पहुँच र पावरको प्रभावले वास्तिवक किसान चिन्तित छन् । त्यसैले यहाँका अगुवाहरु मेलाको आयोजना गरेको आयोजक सदस्य तथा सञ्चारकर्मी फुलगेन मगहीले बताउनु भयो ।
मेलामा स्कुल र कलेजका विद्यार्थीहरुलाई बोलाएर मधेशको मुख्य उत्पादन रहेको फल आँपको विशेषता, त्यसका करिव ३ दर्जन भन्दा बढि प्रजाति र त्यसमा कुनको कुन विशेषता भन्ने विषयमा जानकारी गराइएको छ भने पर्यटन तथा होटल व्यवसायीहरुलाई बोलाएर आँपको सिजन पछि आँपले बनाउन सकिने परिकार र त्यसमा होटल व्यवसायीहरुको योगदान विषयमा चर्चा समेत गरिएको छ । मेला अवलोकन गर्न आएका महोतरी बर्दिवासका होटल तथा पर्यटन व्यवसायद्वय नारायण घिमिरे र गुञ्जबहादुर कार्कीले मेला स्थानिय उत्पादनमा टेवा र प्रचार प्रसारका लागि फलदायी हुने बताउनु भयो ।
मधेशको उपयुक्त हावापानी र माटोको कारण यहाँ प्रयाप्त आँप उत्पादन हुने गरेको छ । राज्यले प्रदान गर्ने सुविधाहरु पावर र पहुँचको आधारमा सिमित किसानले मात्र पाउने, सिजनमा आँउने आप विक्रि हुनु भन्दा बढि बोट र फुलवारीमै सडे गलेर जाने, किसानले सिधा बजार नपाई बिचौलिया मार्फत बजारमा आँप जाने र भारतको आँप सिजन अगावै बजारमा प्रयाप्त उपलब्ध हुने जस्ता समस्याले धनुषाका आँप किसानहरु निरुत्साहित हुँदै गएका छन् ।
-पुरन साह
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच