![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
कालीकोट । कर्णालीमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु भएको छ । प्रदेशको ‘मौलिक लोक, कला, संस्कृतिको संरक्षण, सम्बद्धन र प्रवर्द्धन’ गर्ने उद्देश्यसहित प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन सुरु भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशको आयोजनामा सुरु भएको सम्मेलन शुक्रवार र शनिवार गरी दुई दिनसम्म चल्ने छ । सम्मेलनको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुव गौतमले गर्नुभएको छ ।
पहिलोपटक हुन लागेको उक्त कार्यक्रममा कर्णालीको लोक, साहित्य र संस्कृतिको बारेमा वृहत् रूपमा बहस गरिने छ । त्यसका लागि कर्णालीभित्रका कलाकार, संस्कृतविद् तथा लेखकहरूको सहभागिता छ ।
कार्यक्रममा लोप हुन लागेका कर्णालीको संस्कृति र मौलिक नाच हुड्के, मागल, मारुनीदेखि विभिन्न मौलिक कला र संस्कृतिको जगेनार्थ उक्त कार्यक्रम गरिएको छ । सम्मेलन मार्फत कर्णालीको सभ्यता र संस्कृतिका विभिन्न विधामा रहेर बहस समेत हुने प्रतिष्ठानकी प्रदेश अध्यक्ष हरिमाया कार्कीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच