रमेशको आत्मावृतान्त ‘एउटा शिक्षक’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शिक्षक रमेश पाण्डेले आफ्नो ५२ वर्षे शिक्षण पेशाको अनुभवलाई समेटेको आत्मावृतान्त ‘एउटा शिक्षक’ सार्वजनिक गर्नुभएको छ । शिक्षक पाण्डेका तत्कालीन विद्यार्थी एवं पूर्वमुख्य सचिव लीलामणि पौडेल र उहाँका दाइ मोहनबहादुर पाण्डेले संयुक्त उक्त पुस्तक विमोचन गर्नुभयो । कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव पौडेलले पेशागत इमानदारी, अनुशासन र कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको विद्यार्थी हुन पाएकोमा गर्व महसुस भएको बताउनुभयो ।

लेखक पाण्डेले आफ्नो जीवनमा असल शिक्षकको अभिभारा पूरा गर्ने प्रयास गरिरहेको बताउनुभयो । २०३६ सालको राजनीतिक अस्थिरतामा शंकरदेव क्याम्पसको क्याम्पस प्रमुख भएको सम्झँदै पाण्डेले क्याम्पसको पठनपाठनलाई गुणस्तरीय बनाउन गरिएका योजना कार्यान्वयनमा विद्यार्थीहरूबाट साथ पाएको बताउनुभयो । एउटा शिक्षकको लेखन संयोजन र प्रकाशन घोष्ट राइटिङ नेपालले गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?