
वासिंटन डिसी । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार बिहान सकिएको खेलमा अमेरिका पानामासँग २-१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ । जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि भारको सहायतामा रातो कार्ड दिइएको थियो । १० खेलाडीमा समेटिए पनि अमेरिकाले २२औं मिनेटमा सुरुवाती अग्रता लियो ।
फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । पानामका सिसर ब्ल्याकम्यानले २६औं मिनेटमा बराबरी गोल गर्नुभयो । जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राको पासमा ८३औं मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो । ८८औं मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो । जितसँगै पानामाले पहिलो तीन अंक जोडेको छ । समूह ‘सी’ मा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान तीन अंकका साथ दोस्रो स्थानमा छ ।
यस्तै, कोपा अमेरिका अन्तर्गत उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियामाथि ५-० को एकतर्फी जित निकाल्दै उरुग्वे एक खेलअगावै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्टार खेलाडी लुई सुवारेजलाई अन्तिम केही मिनेटमात्रै मैदान उतारेको उरुग्वेको प्रदर्शन उत्कृष्ट रहृयो । न्यू जर्सीमा भएको खेलमा फुकान्डो पेलिस्ट्रीले आठौं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाउनुएको थियो । उरुग्वेले २१औं मिनेटमा दोस्रो गोल गरेको थियो । डार्विन नुनेजले अग्रता दोब्बर बनाउनुभयो ।
दोस्रो हाफमा अरू तीन गोल थपेको थियो । ७७औं मिनेटमा म्याक्सिमिलानो अरुगोले गोल गर्दै अग्रता तेब्बर बनाउनुभयो । ८१औं मिनेटमा फेडरिको भालभार्डेले गोल गरेपछि उरुग्वे ४-० ले अघि बढेको थियो । फराकिलो जिततर्फ अग्रसर उरुग्वेका लागि ८३औं मिनेटमा सुवारेज नुनेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गर्नुभएको थियो । ८९औं मिनेटमा रोड्रिगो बेन्टानकुरले गोल गरेपछि जारी कोपामा उरुग्वेले सर्वाधिक फराकिलो ५-० को जित दर्ता गर्न सफल भएको हो ।
जितसँगै उरुग्वे ६ अंकका साथ शीर्षस्थानमा रहँदा अमेरिका र पानामा समान तीन-तीन अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । लगातार दुई खेलमा पराजित भएको बोलिभिया भने अंकविहीन हुँदै पुच्छारमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच