पहिराले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘करिडोर’ अबरुद्ध

बागलुङ । गए राति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन् ।

कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका-१० दब्ल्याङमा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका-६ इनारपानी, गलकोट नगरपालिका-३ बतासे डाँडा, गलकोट नगरपालिका-९ गल्याङ र बडिगाड गाउँपालिका-२ हाँडीखोलामा पहिरोले रडक पूर्ण रूपले अबरुद्ध भएको छ ।

पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अबरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?