
रुपन्देही । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको सहमतिलाई तोडेर एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएकाले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस युनियनले ताला लगाएको रुपन्देही सभापति कबिन्द्र नेपालले जानकारी दिनुभयो।
महासंघकै शाखा, प्रदेश तथा प्रतिष्ठान समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरु हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस युनियनले नेपाल पत्रकार महासंघकेन्दीय कार्यालय र सबै जिल्ला शाखाहरुले जिल्लाका महासंघका कार्यालयमा तालाबन्दी गरेको सचिव कपिल ज्ञवालीले बताउनु भयो ।
केन्द्रिय सदस्यद्वय रेखा भुसाल, बिजय पोखरेल, प्रदेश कोषाध्यक्ष सिपि खनाल तथा जिल्ला कार्यसमिति एवं सदस्यहरुको समुहले ताला लगाएको हो ।
महासंघ रुपन्देहीको नियमित बैठक सकिदै गर्दा युनियनले ताला लगाएको हो। युनियनले ताला लगाएसंगै रुपन्देहीको निर्वाचन प्रभावित हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच