ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धामार्फत दिने प्राधिकरणको निर्णयविरुद्ध निगमका कर्मचारी आन्दोलित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित भएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीले खुला प्रतिष्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा आन्दोलन शुरु गरेका हुन् ।

बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त टे«ड युनियनहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै आन्दोलन थालेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउन्ड ह्यान्डलिङ खुला वायुसेवा निगमले नै पाउनुपर्ने माग राखेका छन् ।

वार्षिक करिब चार अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले पाउनुपर्ने उनीहरुको माग छ ।

युरोपेली युनियन (ईयु)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधबारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरूले प्राधिकरणबाट अडिट गर्न आउने कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन् ।

कर्मचारीहरुले ग्राउण्ड ह्याण्डलिङ खोस्ने निर्णयविरुद्ध चरणवद्ध आन्दोलन गर्ने बताएका छन् ।

कर्मचारीहरूले ‘ग्राउन्ड ह्यान्डलिङ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर’, ‘निगम मास्ने निर्णय फिर्ता गर’, ‘नागरिक उड्डयन प्राधिकरणको दादागिरी बन्द गर’, ‘भ्रष्ट क्यानको डिजी राजीनामा दे’लगायतका नारासमेत लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?