झापा। वैदेशिक रोजगारीका लागि इजिप्ट गएका झापाका दुई व्यक्तिलाई दक्षिण पूर्वी युरोपेली मुलुक सर्बियाको जंगलमा बन्धक बनाइएको छ ।
जनही साढे ६ लाख रुपैयाँ खर्चिएर गत चैत र वैशाखमा इजिप्ट गएका बिर्तामोड नगरपालिका २ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशीलाई बन्धक बनाइएको हो ।
बन्धक बनाइएका राजवंशीद्वयबाट अपहरणकारीले ६ लाख रुपैयाँ मागेको र नदिए मारिदिने धम्की दिएको आफन्त शर्मिला राजवंशीले बताउनुभयो ।
उहाँहरूलाई बन्धक बनाएर फिरौती मागेपछि राजवंशी परिवार तनावमा छ । मार्ने धम्कीसहित अपहरणकारीले परिवारसँग जनही तीन/तीन लाख रुपैयाँ माग गरेका हुन् ।
'एकाएक हिजो बिहान विदेशी नम्बरबाट फोन आयो, उहाँहरूलाई बन्धक बनाइएको भन्दै पैसा मागियो' शर्मिलाले भन्नुभयो,'पैसा नदिए मारिदिने धम्की दिए, परिवार तनावमा छ ।' हिजोदेखि गएरातिसम्म लगातार त्यस्तो फोन र धम्की आएको शर्मिलाले सुनाउनुभयो । उहाँहरूलाई हातखुट्टा बाँधेर बन्धक बनाइएको खबर आएको शर्मिलाले सुनाउनुभयो ।
बन्धक बनाइएका आमाशु शर्मिलाका काका र पशुपति काकाका छोरा हुन् । आमाशु गत चैतको अन्तिम र पशुपति वैशाखको पहिलो साता वैदेशिक रोजगारीका लागि इजिप्ट गएका थिए । उहाँहरू मानव तस्करको चंगुलमा फसेको अनुमान परिवारले गरेको छ । राजवंशीद्वयसँगै अन्य ११ जना नेपालीलाई सर्बिया पुर्याइएको छ ।
'भनेजति पैसा नदिए मार्ने धम्कीसहित हिजो बिहानदेखि गए रातिसम्म लगातार फोन गरिरहेँ' शर्मिलाले भन्नुभयो,'कोही हिन्दी बोल्छन् कोही अरु भाषा, हामी संकटमा छौँ, उनीहरूले फिरौती रकम बढाउँदै लगेका छन् । 'अपहरणकारीले रकम पठाउइ दिन भन्दै एकाउन्ट नम्बर पनि पठाइएका छन् । आफूहरूले पैसा पठाउन खोज्दा एकाउन्ट नम्बर नमिलेको सन्देश आएको शर्मिलाले बताउनुभयो ।
राजवंशीद्वय झापा मेचीनगर नगरपालिका इँटाभट्टाकी सपना राजवंशीमार्फत काठमाडौँका विज्ञान खरेलको सम्पर्कमा पुगेको बताइएको छ । उनीहरूल्सैइ खरेलले नै विदेश पठाएको खुलेकोछ । सपनाका श्रीमान् नरेश राजवंशी रोमानियामा छन् । नरेशमार्फत राजवंशीद्वय विदेश गएको बताइएको छ।एजेन्ट सपनासँग पनि बुझ्ने काम भइसक्दा पनि उहाँहरूको वास्तविक पत्ता नलागेको बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्य समेत रहनु भएको शर्मिलाले बताउनुभयो ।
शर्मिलाका अनुसार घटनाका बारेमा जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड र सामी परियोजनामा समेत जानकारी गराई सकिएको छ । यद्यपि, उनीहरूको अवस्था अझै स्पष्ट हुन भने सकेको छैन ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले नेपाली बन्धक भएको लिखित जानकारी राजवंशी परिवारमार्फत आएको र घटनाका बारेमा सम्बद्ध निकायलाई जानकारी गराएर समन्वय गर्ने काम भई रहेको जानकारी दिनुभयो । डिएसपी विष्टले राजवंशी परिवारले आफन्त मार्फत पनि अपहरणमा परेका व्यक्तिसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी गराएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच