काठमाडौं । चार दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताउनुभएका राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैंलाई नियाल्दा’ विमोचन भएको छ । पुस्तक विमोचन पूर्वमन्त्री एवं माननीय सांसद शरत सिंह भण्डारी, सांसद प्राडा चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं संविधानसभाका सदस्य डा. तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा. लोकविक्रम थापा र खेमबहादुर रायमाझीले संयुक्त रूपमा गरेका थिए । राष्ट्र बैंकमा २६ वर्ष बिताउनुभएका भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिनुभएको थियो ।
पछि सिटिजन्स बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृतदेखि अध्यक्षसम्म हुँदै १७ वर्षसम्म नेतृत्वदायी भूमिकामा रहनुभएको थियो । सो अवधिमा देखे भोगेका धेरै रोचक र महत्वपूर्ण घटनाक्रम पुस्तकमा समेटिएका छन् । पूर्वमन्त्री भण्डारीले कृतिलाई एक पेशाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिनुभयो भने पूर्वगभर्नर डा. रावलले पुस्तक लेखक भण्डारीको साहसिक अभिव्यक्ति भएको बताउनुभयो ।
सांसद कार्कीले लेखकले आफूलाई एक कुशल प्रशासक, कुशल व्यवस्थापक, एक कुशल उद्यमी, एक कुशल गायकका रूपमा स्थापित गरेको बताउनुभयो । प्रकाशक संस्था मिनेट मिडियाका प्रकाश रिमालले देशमा ठूलो रकमको कारोबार गर्ने उद्यमी-व्यवसायीले ऐन-मौकालाई कसरी उपयोग गर्छन्, व्यावसायिक घरानाले कसरी सोच्छन् र एकअर्काप्रति के-कस्ता रणनीति अपनाउँछन् भन्ने घटना पुस्तकमा समेटिएको बताउनुभयो । तीन सय १२ पृष्ठको पुस्तकको मूल्य एक हजार रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच