काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले समितिमा रिक्त सञ्चालक पदमा हेकुली ४, दाङ स्थायी घर भई हाल ललितपुर-२५ निवासी प्रकाशराज शर्मालाई सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व हुने गरी बाँकी कार्यकालका लागि नियुक्त गरेको छ ।
साथै सोही सञ्चालक समिति बैठकले शर्मालाई अध्यक्षमा समेत चयन गरेको जनाएको छ । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षसमेत भइसक्नुभएका शर्माको कृषि क्षेत्र, विभिन्न लघुवित्त एवं बैंक तथा वित्तीय क्षेत्रमा करिब ४२ वर्षको कार्यानुभव रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच