काठमाडौं । वरिष्ठ पत्रकार, साहित्यकार तथा शिक्षा क्षेत्रका सुपरिचित व्यक्तित्व हरिविनोद अधिकारीको उपन्यास ‘कुन्ती’ सार्वजनिक भएको छ । उहाँले धारावहिक रुपमा लेखेर पाठकको मन तान्न सफल कुन्ती एकमुष्ट कृतिको रुपमा प्रकाशित भएको हो । हरिविनोदको सात दशकको जीवनकालमा देवकीदेवीसँग विवाहवन्धनका पाँच दशक पूरा भएको सन्दर्भ पारेर कुन्ती कृतिलाई अक्षरांक प्रकाशनले प्रकाशन गरेको हो ।
कृतिको लोकार्पण गर्दै प्रमुख अतिथि पूर्वन्यायाधीश गिरीशचन्द्रलालले हरिविनोदको लेखन परिश्रम र क्षमतावारे चर्चा गर्दै आफ्नो भाइसरह भएका अधिकारी जनकपुरमा वसेर अध्ययन गर्दाका कतिपय स्मृतिहरूलाई समेत उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा सभापतित्व कसैको पनि थिएन । प्रमुख समीक्षक वरिष्ठ साहित्यकार प्राडा.गोविन्दराज भट्टराईले कुन्ती उपन्यासले पूर्वीय दर्शन, साहित्य र संस्कृतिको व्याख्यामात्रै गर्दैन, महाभारतकी नारी पात्रको विशिष्ट मनोविज्ञान र अन्तर्निहीत सामथ्र्यलाई समेत स्पष्ट गरेको हुनाले महत्वपूर्ण छ भन्नुभयो । उहाँले परम्परालाई नवीन सोच, दृष्टिकोण र शैली प्रदान गरी कृति निर्माण हुनु आवश्यक रहेको विचार समेत प्रकट गर्नु भएको थियो । कृतिमाथि प्रसिद्ध साहित्यकार, कर्ण महाकाव्यका सर्जक डा.नवराज लम्सालले महाभारतभित्रका प्रत्येक पात्रका विशिष्ट चरित्रमा नवीनधार निर्माण गर्न सकिने र साहित्य सिर्जना हुनसक्ने विचार प्रकट गर्नुभएको थियो ।
कृतिमाथि प्राडा.ज्ञानु अधिकारी, वरिष्ठ पत्रकार तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल, प्राडा.विष्णुबहादुर राईले समेत समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । आफ्ना पिताजीको कृति लेखनवारे सिद्धिविनोद अधिकारी र करुणा अधिकारीले संक्षिप्त जानकारी दिनुभएको थियो भने लेखक हरिविनोद अधिकारीले कुन्ती सिर्जनाको पृष्ठभूमि सहित महाभरतप्रति आफ्नो आकर्षण विशेष रहेको जानकारी दिनु भएको थियो ।
पिता स्वर्गीय रामप्रसाद र स्वर्गीय माता भुवनेश्वरीमा समर्पित कुन्ती १८४ पृष्टमा रहेको कुन्ती कृतिमा वरिष्ठ पत्रकार तारानाथ दाहाल, साहित्यकार नवराज लम्साल, प्रकाशकका तर्फबाट हिमाल रेग्मी र स्वयं लेखकको मन्तव्यसमेत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच