पोखरा । पोखरामा छैटौँ केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका दुई सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिस्पर्धा भएको थियो । पुरुष विधामा खुला तौल समूहतर्फ अनमोल मल्ल प्रथम हुनुभयो । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो हुनुभयो । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बन्नुभयो । मिसन लिम्बू दोस्रो, अप्सन परियार र अरुण लिम्बू तेस्रो बन्नुभयोे । ५५ केजी तौलमा सञ्जीव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोस्रो र शक्ति तामाङ र प्रयुश राई तेस्रो हुनुभयो । ५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स विक र रोहन क्षेत्री तेस्रो हुनुभयो ।
४५ केजी तौल समूहमा विशाल बुढामगर प्रथम, झलक थापा मगर दोस्रो, रेशम विक र नवीन परियार तेस्रो बन्नुभयो । ४० केजी तौल समूहमा निश्चल विक पहिलो, कृष थापा दोस्रो, रुद्र गौतम र आभास श्रेष्ठ तेस्रो बन्नुभयो । ३५ केजी तौल समूहमा हेसाङ सारु मगर प्रथम, आरुष सिंह ठकुरी दोस्रो, प्रयास गुरुङ र सन्देश पुनः तेस्रो हुनुभयो । ३० केजीतर्फ सुशान्त थापा प्रथम, वैभव भण्डारी दोस्रो, समिर गुरुङ र रविन ठकुरी तेस्रो हुनुभयो । २५ किलो तौल समूहमा सुमन विक प्रथम, ओसन मगर दोस्रो, रिशव चौधरी र एकृत राई तेस्रो हुनुभयो ।
यस्तै, महिलातर्फ खुला तौल समूहमा नितिशा राना मगर च्याम्पियन बन्नुभयो । रोजिना गुरुङ दोस्रो हुँदा पूर्णिमा लियो मगर र केजिया क्षेत्री तेस्रो बन्नुभयो । ५० केजी तौलतर्फ प्रसन्ना क्षेत्री प्रथम, निम्रित शाह दोस्रो, दिपिका बोहोरा र सुमी गुरुङ तेस्रो बन्नुभयो । ४५ केजी तौल समूहमा सन्ध्या लामा प्रथम, कञ्चन लिम्बू दोस्रो, ममता थापा र कुमा पुन तेस्रो हुनुभयो । ४० केजी तौल समूहमा विशिषता राई प्रथम, क्रिस्टिना कार्की दोस्रो, वर्षा गुरुङ र सिम्रन केसी तेस्रो हुनुभयो । ३५ केजी तौल समूहमा पार्वती तामाङ प्रथम, मिरिस्मा पौडेल दोस्रो, सभ्यता बराल तेस्रो र सरगम गुरुङ तेस्रो बन्नुभयोे । ३० केजी तौल समूहमा मनिषा गिरी प्रथम, ओसन थापा दोस्रो, प्रितिशा खनाल र अक्षता ढुंगाना तेस्रो हुनुभयो । २५ केजी तौल समूहमा प्रितिशा गिरी प्रथम, नुमा लिम्बू दोस्रो, दीपशिखा सिग्देल र सिम्रन क्षेत्री तेस्रो हुनुभयो ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव श्रीधर शर्मा, व्यवस्थापक गण्डकी प्रदेश केन्पोकाई संघका अध्यक्ष प्रगात कायस्थ र साउथ एसियन केन्पोकाई ब्राञ्च चिफ नाराजबहादुर खड्का (हरि) ले विजयी खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । मन्त्री थापाले अनुशासित नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको जनाउँदै अहिले खेलकुद व्यावसायिकसमेत बन्दै गएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि महŒव दिँदै आगामी वर्षका लागिसमेत आवश्यक बजेट विनियोजन गरिसकेको बताउनुभयो ।
केन्पोकाई खेलसमेत नेपालमा सम्भावनाको खेल रहेको उल्लेख गर्दै खेलकुदले भाइचारा सम्बन्ध स्थापितसँगै अनुशासन कायम गर्न खेलकुदको भूमिका उत्तिकै प्रभावकारी रहेको उहाँको भनाइ थियो । उहाँले खेलाडीहरूको सहयोगका लागि प्रदेश सरकार साथ सहयोग दिन तयार रहेको बताउनुभयो ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच