
काठमाडौं । नेपाल युवा उद्यमी मञ्च काठमाडौंको छैटौँ वार्षिक साधारणसभाले अभिमन्यु गोल्छाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गोल्छा समूहका कार्यकारी निर्देशकसमेत रहनुभएका अभिमन्यु गोल्छाले संगठनको उत्कृष्टताको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यस्तै, प्रथम उपाध्यक्षमा आप्पा शेर्पा, दोस्रो उपाध्यक्षमा अनुभव श्रेष्ठ र सदस्यमा क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदीका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे, निखिल अग्रवाल निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले काठमाडौंको मिसनलाई निरन्तरता दिने र स्थानीय व्यापार वातावरणमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच