![संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा नेतृत्व तहको जोड](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Emphasis-of-the-leadership-level-on-making-the-parliament-effective-Hita-fornt-page.jpg)
काठमाडौं । कृष्णप्रसाद भट्टराई कतिपय फरक विशेषताहरूका कारण महात्मा गान्धीभन्दा पनि अग्रस्थानमा रहनु भएको हुनाले नेपाल र नेपालीले उहाँ जस्तो नेता पाउनु सौभाग्यको कुरा भएको भन्ने विचारकासाथ स्वामी आनन्द अरुणले असार १५ गते पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईबारे बबृहद् प्रवचन दिनुभयो । प्रजातान्त्रिक आन्दोलनमा अविस्मरणीय, कृष्णप्रसाद भट्टराईको जन्म शताब्दी वर्षको अवसरमा भरखरमात्रै स्थापना भएको सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले राजधानीमा विशेष प्रवचन कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा भट्टराईको जीवन र व्यक्तित्वमाथि उहाँका अत्यन्त निकट आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले विविध कोणबाट प्रकाश पार्दै भन्नुभयो : २०४८ सालको आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको पराजय नेपाल र नेपालीकै लागि ठूलो दुर्भाग्य भयो । भट्टराईको अस्वभाविक पराजयका कारण सिंगो मुलुक शोकाकूल हुनपुगेको थियो । उहाँ जस्तो विश्वकै सम्मानित नेता निर्वाचनमा पटक–पटक पराजित हुनु र पराजित गराइनु आश्चर्यको विषय थियो ।
राजनीतिक स्पष्टता, निष्ठा, योगदान, आदर्श र समग्र चरित्रको आधारमा हेर्ने हो भने भट्टराई भारतका महात्मा गान्धीभन्दा पनि उच्चस्तरको नेता भएको टिप्पणी उहाँले गर्नुभयो र भन्नुभयो : ‘भट्टराईको बहुआयामीक व्यक्तित्व सबैका लागि उदाहरणीय थियो । हिंस्रक क्रान्तिको सधैं विपक्षमा उभिनु भएका भट्टराईले पाएको जस्तो सम्मान अन्य कमैले पाएका छन् ।
शक्तिको आडमा कोही कसैले राज्यकोष दोहोन गर्न नहुने पाठ भट्टराईबाट सिक्नुपर्ने दृष्टान्तहरू स्वमी अरुणले भन्नुभयो : स्वयं राजाले कांग्रेसबाट अलग गराउन नसकेको भट्टराईले पार्टीमा रहन नसक्ने गरी आफैंले राजीनामा दिने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद् घटना हो । वार्ताबाटै माओवादी द्वन्द्व अन्त्य गर्ने दिशामा केन्द्रित रहनु भएका भट्टराईलाई पार्टीकै नेतृत्वले प्रधानमन्त्रीबाट बीस दिनको समय माग्दासमेत नदिएर राजीनामा गर्न लगाउनु अत्यन्त गैरराजनीतिक काम थियो । ०५६ सालमा उहाँलाई फ्रान्सबाट निमन्त्रणा थियो र त्यो पूरा गरेर राजीनामा दिन्छुभन्दा पनि उहाँलाई दबाब दिने काम भयो ।
पदलोलुपताबाट भट्टराई सधैं टाढा रहनु भएको चर्चा गर्दै उहाँले ‘निर्वाण’ नै जीवनको एकमात्र लक्ष्य भएका भट्टराईका महान् वाणीहरू प्रत्येक नेपालीका घर घरमा टासिनु पर्ने भन्दै उहाँले मुलुकलाई अहिलेको असहज परिस्थितिबाट निकास दिन अर्को ‘भट्टराई’ आवश्यक भएको बताउनुभयो । चावहिलस्थित स्मार्ट प्यालेसको सभा हलमा अनेक राजनीतिक नेताहरू र सदस्यहरू, पत्रकार, प्राध्यापक, मानव अधिारकर्मी, कानुन व्यवसायीसहित बौद्धिक व्यक्तित्वहरूको वाक्लो उपस्थिति भएको भव्य कार्यक्रममा केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता लोकेश ढकालको कथन थियो : भट्टराई जस्ता आदर्श व्यक्तिको सान्निध्य पाउनु गर्वको विषय हो । भट्टराई जस्ता नेताको आदर्शबाट विमुख भएकाले कांग्रेस र मुलुक दयनीय अवस्थामा पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच