काठमाडौं । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत उपाधि दावेदार इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गएराति वेल्टिन एरिनामा भएको खेलमा स्लोभाकियालाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड ९अन्तिम ८० क्वार्टरफाइनलमा पुगेको हो ।इंग्ल्याण्डका लागि ह्यारी केन र जुडे बेलिङ्घमले एक–एक गोल गरेका थिए । स्लोभाकियाका इभान स्क्रान्जले एक गोल गरेका थिए ।
खेलको २५औँ मिनेटमा स्लोभाकियाका इभानले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा बेलिङ्घमले गोल गर्दै इंग्ल्याण्डलाई पुनरागमन जित दिलाए ।
सुरुवाती अग्रता जोगाउन नसक्दा स्लोभाकिया प्रतियोगिताबाट बाहिरिन पुग्यो ।इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्याण्डविरुद्ध खेल्नेछ ।
यस्तै, आज बिहान भएको अर्को खेलमा स्पेन अन्तिम ८ मा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा भएको खेलमा जर्जियालाई ४–१ गोलले हराउँदै स्पेन अन्तिम ८ मा पुगेको हो ।
स्पेनका लागि रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक–एक गोल गरेका थिए । जर्जियालाई आत्मघाती स्वरुप एक गोल प्राप्त भएको थियो ।
खेलको १८औँ मिनेटमा स्पेनका रोविन ली नोर्मान्डले आत्मघाती गोल गरेका थिए ।त्यसपछि ३९औँ मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ५१औँ मिनेटमा रुइज, ७५औँ मिनेटमा विलियम्स र ८३औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई ४–१ गोलको जित दिलाए । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच