यशोदा विश्वकर्मा
गजल
तिम्रा आँसु पुछिदिने मछु नि त आमा ।
दुःख पीडा बुँझीदिने मछु नि त आमा ।।
बेबारिसे हुन दिन्न तड्पिएर रुन दिन्न ।
तिम्रो बारे सोचिदिने मछु नि त आमा ।।
तिम्रो बारे गलत सोच्ने जति भएपनि ।
सत्रुलाई नि घोचिदिने मछु नि त आमा ।।
पीडाले नै चर्किएको तिम्रो दिलको घाउमा ।
आफुबेचि खुसिदिने मछु नि त आमा ।।
कालीकोटको शुभकालिका गाउँपालिकामा जन्मिनुभएकी लेखक विश्वकर्मा साहित्यसँगसँगै पत्रकारिता क्षेत्रमा कलम चलाउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच