आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी

फाइल तस्बिर

काठमाडाैं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

आईतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने बताउनु भयो । उहाँले चलचित्र ऐन छिटो भन्दा छिटो पारित गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको बताउनु भयो ।

उहाँले चलचित्रकर्मीहरुको क्युआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको र चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको बतउनु भयो । आफ्नो कार्यकालमा चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्य शुरु गरेको र बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म बोर्डको नेतृत्वको अन्तिम चरणमा छु, म बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने नै छु । आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रयत्न गर्नेछु । चलचित्र ऐन मन्त्रीज्यु र सचिवज्युकै पालामा पास हुन्छ भन्नेमा म विश्वस्त छु । मेरो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको छ । चलचित्रकर्मीहरुको क्युआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको छु । चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको छ । चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्य शुरु गरेको छु । बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको छ ।’

अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?