दोस्रो विश्वयुद्धको समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

Read Time = 1 min

न्यूयोर्क । दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ । युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि फेला पारेको हो । स्यामी बी भनेरसमेत चिनिने उक्त जहाजलाई जुन २३ मा टेक्सासका अन्बेषक भिक्टोर भेस्कोभोलेले पत्ता लगाउनुभएको हो । भेस्कोभोलेले विश्वको गहिरो बिन्दुहरूमा आफ्नो अभियान पूरा गरिसक्नुभएको छ ।

उक्त पनडुब्बी फिलिपिन्स सागरमा ६ हजार ९८५ मिटरको गहिराइमा थियो । जहाज लगभग ८० वर्षपछि फेला परेको हो । यो युद्ध ताका सन् १९४४ को अक्टोबरमा फिलिपिन्स सागरमा खसेको थियो ।

यामाटोसहित तीन जापानी युद्धपोतविरुद्धको वीरतापूर्ण लडाइका लागि यो जहाजलाई सम्झिइन्छ । उक्त अमेरिकी जहाजमा चालक दलका २२४ सदस्य थिए, जसमध्ये ८९ जनाको मृत्यु भएको थियो । क्याप्टेन रोबर्ट डब्ल्यू कोपल्याण्ड बाँचेका मध्ये एक हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?