खानेपानीको मारमा विद्यालय, मागेर पानी पिउनुपर्ने बाध्यता

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाको रामपुर प्राथमिक विद्यालयमा खानेपानी मागेर (खानुपर्ने) पिउनुपर्ने बाध्यता छ । यो विद्यालयले विगत ५-६ वर्षयता यसरी पानी उपभोग गर्नुपरिरहेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालिन मेयर दिपनारायण रिजालको कार्यकालमा नगरबाट पाईप ल्याई विद्यालयभन्दा माथिबाट पानी ल्याएर हिल ट्याङकीमा जम्मा गरी खाईरहेकोमा मुहान नै सुकेपछि पानीको चरम समस्या भईरहेको विद्यालयका शिक्षक पर्शुराम ढुंङगानाले बताउनुभयो ।

खाईरहेको पानीको मुहान सुकेपछि अहिले त्यही पाईप झिकेर ल्याई विद्यालय नजिकै व्यक्तिको घरबाट पाईप तानेर पानी मागेर खानुपर्ने बाध्यता छ । त्यही पानी नियमित नहुँदा झनै समस्या भईरहेको ढुंङगाना बताउँनु हुन्छ । पानी अभावमा विद्यार्थीहरुलाई शौचालय प्रयोग गर्न असहज छ । शौचालय दुर्घन्धित हुने गरेको छ ।

नगरपालिकाबाट १ हजार मिटर पाइप र ट्याङकी बनाउने वजेट व्यवस्थापन भए सधैका लागि पानी ल्याउन सकिन्छ । मुहान पनि छ ।नगरपालिकामा कुरा गरेका थियौ । तर, केही भएन । ढुंङगानाले भन्नुभयो ।

उक्त विद्यालयमा घेराबार, खानेपानी र मर्मत संभारका लागि कोशी प्रदेश सँग योजना माग गरिने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । रामपुर प्राविमा बालबिकासमा ८ जना, कक्षा-१ मा ५ जना, कक्षा-२ मा ५ जना, कक्षा-३ मा ५ जना र कक्षा-४ मा ४ जना विद्यार्थी रहेको प्रअ आनन्द थापाले बताउनुभयो ।

प्रअ थापाकाअनुसार विद्यालयमा २७ जना विद्यार्थी नियमित आउँछन् । तर, विद्यालयले नगरपालिकामा ईमिस भरेर पठाउँदा ३४ जना विद्यार्थी देखाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?