काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जित्नुभएको छ । महिला ६७ केजीमाथि सरिताले ६५ केजी भार वहन गर्नुभयो । बागमती प्रदेशकी संगिता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउदै क्रमशः रजत र स्वर्ण हात पार्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीकी अनुकला राई पहिलो हुनुभयो । अनुले ४२ केजी वजन उचाल्नुभयो । कोशीकै सम्झना वन दोस्रो तथा गण्डकीकी सर्मिला विश्वकर्मा तेस्रो हुनुभयो । सम्झनाले ४० तथा सर्मिलाले ३६ केजी भार वहन गर्नुभयो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचाल्नुभएकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण जित्नुभयो । २५ केजी तौल उठाउनुभएकी सुदूरपश्चिमकी रोशनी थापा दोस्रो हुनुभयो ।
दुईदिने प्रतियोगिताको पुरुषमा चार र महिलामा तीन गरी सात स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । अन्तिम दिन मंगलबार पुरुषतर्फ चार स्पर्धाको फाइनल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच