काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सत्ता समीकरणमा फेरबदलबारे छलफल गर्नका लागि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि पदाधिकारी बैठक बालाइएको सचिव गणेश साहले जानकारी दिनुभयो ।
पदाधिकारी बैठकमा राय आएपछि प्रचण्डले आजै राजीनामा दिने सम्भावना रहेको बालुवाटार निकट स्रोतले बताएको छ ।
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।
यता प्रचण्ड नेतृत्वको सरकारमा सहभागी एमालेका मन्त्रीहरुले आज नै राजीनामा दिने भएका छन् । प्रचण्डले मार्ग प्रशस्त गरे आज नै नयाँ सरकार गठन गर्ने नयाँ गठबन्धनको तयारी छ ।
यस्तै एमालेसँग भएको सहमतिबारे छलफल गर्न नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ । बिहान ९ बजे पाटी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच